Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस वर्ष शक्तिशाली एल निनोको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस-एएफपी)

लन्डन, ५ भदौ : बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो एक शताब्दीभन्दा बढी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ ।

उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।

उष्णकटिबन्धीय पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा शून्य दशमलव पाँच डिग्री सेल्सियस माथि पुगेपछि एल निनो घोषणा गरिन्छ । यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ ।

मौसम कार्यालयका दीर्घकालीन पूर्वानुमान प्रमुख एडम स्काइफले यस वर्ष समुद्री तापक्रमको असामान्यता तीन डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने बताउनुभयो । उहाँले यस्तो तीव्र एल निनोको सङ्केत यसअघि नदेखेको बताउँदै यसलाई ‘अभूतपूर्व घटना’ भन्नुभयो ।

उहाँका अनुसार दक्षिण अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा गम्भीर तथा लामो खडेरी पर्न सक्नेछ । क्लाइमेट ब्रिङ्क ड्यासबोर्डका अनुसार उक्त क्षेत्रमा समुद्री तापक्रम हाल ३० वर्षको औसतभन्दा २.६ डिग्री सेल्सियस माथि छ ।

स्काइफले एल निनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने बताउँदै खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने उल्लेख गर्नुभयो । बेलायतमा भने नोभेम्बरतिर सामान्यभन्दा बढी वर्षा र आँधीबेहरीको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan