Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस-एएफपी)

संयुक्त राज्य अमेरिका, ५ भदौ : अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
    
विमान आलस्का राज्यको दक्षिणपश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ ।

दुर्घटनास्थल नजिकै अवतरण गर्ने उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु कोहि जीवित नरहेको  पुष्टि गरेकोसमेत आलास्का कमान्डले जनाएको छ । 

अलास्काको हवाई क्षेत्रमा सञ्चालित विमानलाई निर्देशन गर्ने राडार क्षेत्रमा जहाजमा रहेका मानिसहरूले के गरिरहेका थिए भन्नेबारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

अलास्कन कमान्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताएका छन् ।

यस्ता घटना सैन्य परिवार र सन्य सेवा गर्ने समुदायहरूका लागि विनाशकारी क्षति  भएको अलास्कन कमान्ड प्रमुख रोबर्ट डेभिसले बताउनुभएको छ । 

 सन्य लेफ्टिनेन्ट जनरल डेभिसले ती व्यक्तिहरू महत्त्वपूर्ण मिसन पूरा गर्न समर्पित पेशेवरहरू भएको उनीहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan