Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्यकारी सदस्य श्रेष्ठ पाकिस्तान प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

काठमाडौं भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ शुक्रबार पाकिस्तानको इस्लामाबाड प्रस्थान गरेकी छन् ।

राखेपको प्रतिनिधिका रुपमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी हुन श्रेष्ठ पाकिस्तान प्रस्थान गरेकी हुन् । 

अगष्ट २३ र २४ तारिखमा हुने बैठकमा १४ औं दक्षिण एसियाली खेलकुद     (साग) लगायतका विषयमा छलफल हुनेछ । सागको १३ औं संस्करण नेपालमा सन् २०१९ डिसेम्बरमा भएको थियो ।

श्रेष्ठलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यजन्कार र सल्लाहकार राजु सिंहले शुक्रबारै एक कार्यक्रममाबीच विदाइ गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan