Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुरिकेन्स एकेडेमी विरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, ८ भदौः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हुरिकेन्स एकेडेमी विरुद्धको खेलमा नेपाल ‘ए’ टोलीले पहिला ब्याटिङ गर्नेभएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा भर्खरै भएको टसमा हुरिकेन्स एकेडेमीले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै नेपाल ‘ए’ ले पहिला ब्याटिङको निम्तो पाएको हो ।

हुरिकेन्स विरुद्धको खेलमा नेपाल ‘ए’ टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ दुवैमा पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रोमा बङ्गलादेशको हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको थियो ।

यता समान दुई खेल खेलेको हुरिकेन्स पनि दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा भिक्टोरियासँग पराजित हुरिकेन्स दोस्रोमा बङ्गलादेशको टोलीसँग पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan