Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |
newsabhiyan

काठमाडौं, ७ भदौ । सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ ।

सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही ७ हजार नगद आइतबार हस्तान्तरण गरे ।

स्यावाले सानो सहयोगले पनि खेलाडीको मनोबल बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।

एसियाडका लागि जुडो टोलीका टिम व्यवस्थापक नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनले सहयोगका लागि धन्यवाद दिए ।

जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने  छन् ।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् ।

देवकी र विकासको दोश्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् ।

दवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan