Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेश टेबल टेनिसमा श्रेष्ठ निर्विरोध निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको अखिल नेपाल टेबल टेनिसका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध्यक्षमा सर्जु थापा देवान चुनिए । सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित शाह र गौरी मास्के सदस्यमा चयन भए ।

साधारण सभाको उद्घाटन सत्रमा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, नेपाल टेबल टेनिस संघका केन्द्रीय अध्यक्ष विजेन्द्र हमाल, केन्द्रीय उपाध्यक्षहरू अनुज बानियाँ र मनोहर पोखरेल, कोशी प्रदेश बोर्डका सदस्य प्रवीण कार्कीलगायतले शुभकामना मन्तव्य गरे । उनीहरूले प्रदेशमा टेबल टेनिस खेलको व्यावसायिक विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

साधारण सभाको अवसरमा टेबुल टेनिसका पूर्वराष्ट्रिय खेलाडी राजेश लोहनीलाई सम्मान गरिएको थियो । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको संरचनालाई थप मजबुत बनाउन केही निर्णयहरू गरेको छ । बैठकले प्रदेश उपाध्यक्षमा सन्तोष अग्रवाललाई मनोनीत गरेको छ भने सल्लाहकारमा डा. मनोज लाखे र ध्रुव क्षेत्रीलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan