सिमरा घटनाका आरोपितको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |
बारा । बाराको सिमरा घटनाका आरोपितको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।
हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर फौजदारी असुरमा अनुसन्धान अगाडि बढाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताए।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो।
यौन हिंसामा परेका बालबालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडिओ खिचेको पाइएको छ।
