Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते (अपडेट)

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |

वालिङ (स्याङ्जा), ८ भदौः गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । 

जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर  छ । उनीहरुलाई  पाल्पास्थित युनाईटेड मिशन अस्पताल पठाइएको छ । सामान्य घाइते भएका पाँच जना घर फर्केका छन् । अन्यको  गल्याङ नगर अस्पतालमा उपचार जारी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan