Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस-एपी)
newsabhiyan

बैङ्कक, ११ भदौ : चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सम्भावित शिखर वार्ताको तयारी भइरहेका बेला अमेरिका र चीनबीचका अवरोध हटाउन आग्रह गर्नुभएको छ ।

उहाँले दुई देशबीचको सम्बन्धमा देखिएका मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्दै उच्चस्तरीय संवादका लागि अनुकूल वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

चिनियाँ सरकारी प्रसारण संस्था सिसिटिभीका अनुसार विदेशमन्त्री वाङले बुधबार चीनका लागि अमेरिकी राजदूत डेभिड पड्र्युुसँग भेटवार्ता गर्दै दुवै पक्षले सकारात्मक विषयमा ध्यान केन्द्रित गर्न, मतभेदको उचित व्यवस्थापन गर्न र अनावश्यक हस्तक्षेप हटाउनुपर्नेमा जोड दिनुभयो ।

चीन–अमेरिका सम्बन्धले अझै विभिन्न जोखिम र चुनौती सामना गरिरहेको स्वीकार गर्दै उहाँले दुई देशबीच उच्चस्तरीय आदानप्रदानका क्रममा देखिएका अवरोध हटाउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीले गत मेमा बेइजिङमा भेटवार्ता गरी द्विपक्षीय सम्बन्धलाई स्थिर राख्ने तथा नाजुक व्यापार युद्धविराम कायम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीलाई सेप्टेम्बर २४ मा अमेरिकामा भेटवार्ताका लागि आमन्त्रण गर्नुभएको छ । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमणको निश्चित मिति सार्वजनिक भएको छैन ।

यसबीच अमेरिका र चीनले एकअर्काविरुद्ध आर्थिक कदम चाल्न भने जारी राखेका छन् । अमेरिकाले चिनियाँ उत्पादनका रोबोट तथा चीनमा व्यापार र अन्य गतिविधिमा संलग्न अमेरिकी संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ ।

आर्थिक तथा व्यापारिक विवाद कायम रहेकै अवस्थामा दुवै देशका राष्ट्रपतिबीच सम्भावित शिखर वार्तालाई सम्बन्ध सुधारको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan