Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ९ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी हो भन्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, “साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन् । भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वकै लागि पनि एउटा चेतावनी थियो ।”

उहाँले सो चेतावनीको स्वर सुनियो त भनी महासभामा प्रश्न पनि गर्नुभयो । उहाँको प्रश्न थियो म आज तपाईंहरुसँग सोध्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ ?

उहाँले करिब तीन वर्षअघि, संयुक्त राष्ट्रसङ्घका महासचिवले नै नेपालको सगरमाथा क्षेत्रमा उभिएर विश्वको छानोका रुपमा रहेको हिमाल पग्लँदै गएको र त्यसले विश्वलाई नै जलवायु परिवर्तनको खतराको सन्देश दिइरहेको बताउनुभएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।   

उहाँले भन्नुभयो, “तीन वर्षअघि महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो । विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन । हामीले नेपालमा सुन्यौँ, हाम्रो समुदायले सुन्यो । विश्वभरका वैज्ञानिकले सुने । उनीहरूले प्रमाणसहित त्यसलाई दोहो¥याइरहे । तर हामी विश्वका राजनीतिक नेतृत्वले त्यो चेतावनीलाई कार्यान्वयनमा बदल्न बेवास्ता ग¥यौँ ।”

त्यसैको दुःखद् परिणाम नेपालले गत महिना भोटेकोशीको बाढीका रुपमा भोगेको प्रधानमन्त्रीको भनाइ थियो ।  

प्रधानमन्त्री शाहले जोखिममा रहेका मानिसको आवश्यकताअनुसार तीव्र गतिमा तात्दै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको बताउनुभयो ।

प्रधानमन्त्रीले हिउँले जमेको माटो पग्लँदा हिमालको भिरालो भू–भागमा चिरा परेका तथा हिमचट्टानसहितको पहिरो, बाढीलगायत शृङ्खलाबद्ध जोखिम बढिरहेको पनि स्पष्ट गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan