Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ९ शुक्रबार | (रासस)

चितवन, ९ असोजः बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन् । सात पालिकामा रहेका ४९७ विद्यालय बन्द गरिएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार यहाँ रहेका सबै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका हुन् ।

ती विद्यालयमा एक लाख ६९ हजार ३५६ विद्यार्थी अध्ययन गर्दै आएका छन् । निरन्तरको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan