Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिरोले सडक अवरुद्धः स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार |

बागलुङ, १२ असोजः बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिनुभएको छ । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी हुनुभएको हो । 

    बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार बिहान उहाँलाई डाकोमा बेकेर स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिनुभएको महिला स्वास्थ्य स्वयंसेविका तारा थापाले जानकारी दिनुभयो । मोबाइलमा नेटवर्क र इन्टरनेट नचलेपछि शनिबार राति करिब २ः०० महिला स्वास्थ्य स्वयंसेविका थापालाई परिवारले घरमै पुगेर बोलाए पनि बाटोका कारण आफू त्यहाँ पुग्न नसकेको उहाँले बताउनुभयो । 

    आइतबार बिहानसम्म परिवारले सरितालाई डोकोमा बोकेर सिसाखानी स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै सुत्केरी हुनुभएको स्वयंसेविका थापाले जानकारी दिनुभयो । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको भन्दै आमा र नवजात शिशुलाई सुरक्षित रूपमा घरमा लगिएको उहाँको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan