Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँः महामन्त्री पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |

काठमाडौँ, १४ असोजः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

    कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको आज विमोचन गर्दै उहाँले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताउनुभएको हो ।  

    महामन्त्री पौडेलले आर्थिक विकासको मुद्दा राजनीतिक दल र सरकारको प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्नुभयो । राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक क्षेत्रसँग जोड्न नसक्दा समाजले आर्थिक उन्नयनका बारेमा पर्याप्त ज्ञान हासिल गर्न नसकेको उहाँको भनाइ छ ।

    उहाँले कृषि र औद्योगिकीरणको माध्यमबाट मुलुकको विकास गर्न ठोस कार्ययोजना र स्पष्ट नीतिसहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक विकासका लागि सरकार आफैँ अग्रसर हुने नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    नेता पाण्डेले सरकारले सबै काम आफैँ गर्ने सोचका कारण विगतमा अपेक्षित विकास हुन नसकेको बताउनुभयो । निजी क्षेत्रलाई पूर्वाधार विकासको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ थियो ।

    मुलुकको अर्थतन्त्र आयातबाट प्राप्त हुने राजस्वमा निर्भर रहेको भन्दै नेता पाण्डेले सरकारको ठूलो हिस्सा नियमित प्रशासनिक खर्च, कर्मचारीको तलब, पेन्सन, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी तथा प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमा खर्च हुने गरेको यथार्थ उल्लेख गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan