Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बस्नेतको योगदान अविस्मरणीयः अध्यक्ष ओली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |

काठमाडौँ, १४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त  गर्नुभएको छ । 

    अध्यक्ष ओलीले बस्नेतको निधनको दुःखद खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । 

    अध्यक्ष ओलीले लामो जेलजीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि संघर्ष गरेको स्मरण गर्नुभएको छ । ती कष्टपूर्ण दिनहरू आफूले सम्झिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

    अध्यक्ष ओलीले बस्नेतको सङ्घर्ष र योगदान नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने उल्लेख गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan