सिरहाबाट १,१०२ किलो गाँजा बरामद
सिरहा : सिरहामा सशस्त्र प्रहरी बलले १,१०२ किलोभन्दा बढी गाँजासहित बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
गएराति करिब १ बजे जिल्लाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्माचोक, गागन खोलापुलबाट गाँजा बोकेको बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार २६ वटा बोरामा प्याक गरिएको १,१०२.६५५ किलो गाँजा बरामद भएको छ।
सवारीसाधन छाडेर चालकहरू फरार भएका छन्। बरामद गाँजा, बोलेरो गाडी र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले फरार चालकहरूको
