Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, १५ असोज : काठमाडौँको थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका निज चन्द्रमानको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो ।

रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१ नम्बरको स्कुटरसँग समेत ठोक्किएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । यस्तै, स्कुटर चालक र पछाडि सवार यात्रुलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।

दुर्घटनामा रौतहट कटहरिया नगरपालिका–२ का २५ वर्षीय दिपेन्द्र दास, चितवनका २३ वर्षीय स्कुटर चालक सुदिप श्रेष्ठ र सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन् ।

उनीहरूको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan