Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकपक्षीय दबाबमूलक उपाय हटाउन २८ देशको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार | (रासस/सिन्ह्वा)

संयुक्त राष्ट्रसङ्घ, १६ असोज : चीन, रूस, इजिप्ट र इरानसहित २८ देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप हुने तथा बहुपक्षीय व्यवस्थालाई कमजोर पार्ने भन्दै एकपक्षीय दबाबमूलक उपाय तत्काल अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले एकपक्षीय दबाबमूलक उपाय अन्तर्राष्ट्रिय अशान्ति र अव्यवस्थाको प्रमुख कारण बनेको बताउनुभयो । उहाँले विकासोन्मुख देश र त्यहाँका जनताले अझै त्यस्ता उपायको भार वहन गरिरहेको उल्लेख गर्नुभयो ।

फुका अनुसार माध्यमिक प्रतिबन्ध र अत्यधिक अनुपालनले त्यस्ता उपायलाई थप जटिल बनाएको तथा यसबाट मानवीय र आर्थिक चुनौती बढ्नुका साथै खाद्य, ऊर्जा र वित्तीय सुरक्षामा जोखिम थपिएको छ ।

.उहाँले शुल्कलाई एकपक्षीय दबाबको साधनका रूपमा प्रयोग गर्ने क्रम बढ्दा आर्थिक तथा व्यापारिक विषय थप राजनीतिकरण भएको बताउनुभयो । यसले बहुपक्षीय व्यापार प्रणाली र विश्वव्यापी औद्योगिक तथा आपूर्ति शृङ्खलालाई प्रभावित पार्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा बाधा पु¥याएको उहाँले उल्लेख गर्नुभयो ।

एकपक्षीय दबाबमूलक उपायले जीवन, स्वास्थ्य, विकास र शिक्षाको अधिकारलगायत आधारभूत मानव अधिकारमा गम्भीर असर पार्ने पनि उहाँले बताउनुभयो ।

फुले २८ देशका तर्फबाट केही पश्चिमी देशलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनप्रतिको प्रतिबद्धता पूरा गर्दै सबै एकपक्षीय दबाबमूलक उपाय तत्काल, बिनासर्त र पूर्ण रूपमा हटाउन आग्रह गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घीय प्रणाली तथा अन्य अन्तर्राष्ट्रिय संस्थालाई त्यस्ता अभ्यासको विरोध गर्न र प्रभावित देशलाई कठिनाइ कम गर्न सहयोग गर्नसमेत आह्वान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan