Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इथियोपियामा ड्रोन आक्रमणको आशङ्का, क्षेत्रीय तनाव बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार | (रासस/एएफपी)

इथियोपियाको राजधानी अदिस अबाबामा रहेको सेनाको मुख्यालयमा यसै साता भएका विस्फोट ड्रोन आक्रमणका कारण भएको हुन सक्ने एक कूटनीतिक स्रोतले शुक्रबार जनाएको छ । उत्तरी क्षेत्रमा विद्रोहीसँगको संघर्ष चर्किएपछि इथियोपिया, इरिट्रिया र इजिप्टबीचको कूटनीतिक तनावसमेत बढेको छ । गत साता उत्तरी इथियोपियामा टिग्रे जनमुक्ति मोर्चाले संघीय सेनाविरुद्ध आक्रमण सुरु गरेपछि नयाँ द्वन्द्व भड्किएको हो । यसले सन् २०२० देखि २०२२ सम्म चलेको विनाशकारी गृहयुद्ध पुनः दोहोरिन सक्ने चिन्ता बढाएको छ ।
इथियोपिया सरकारले विद्रोहीलाई इरिट्रियाले सहयोग गरिरहेको आरोप लगाउँदै बिहीबार इरिट्रियासँग कूटनीतिक सम्बन्ध तोडेको छ । इथियोपियाले १० जना इरिट्रियाली कूटनीतिज्ञलाई देशनिकाला गर्नुका साथै अस्मारास्थित आफ्नो दूतावास बन्द गरेको छ । जवाफमा इरिट्रियाले पनि सबै कूटनीतिक सम्बन्ध तोड्ने जनाएको छ ।

इथियोपियाले एक इजिप्टेली कूटनीतिज्ञलाई समेत देशनिकाला गरेको छ । त्यसपछि इजिप्टले पनि प्रतिशोधस्वरूप एक इथियोपियाली कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । नाइल नदीमा इथियोपियाले निर्माण गरेको विशाल बाँधका विषयमा दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ । उत्तरी क्षेत्रमा भने विद्रोहीहरू केही स्थानबाट पछि हटेको दाबी गरिएको छ । मानवीय सहायता स्रोतका अनुसार विद्रोहीले कब्जा गरेको एरेब्ती सहरबाट पछि हटेको छ । सरकार समर्थित समूहले एरेब्ती र दक्षिणी टिग्रेको मायचेउ पुनः कब्जा गरेको दाबी गरेको छ । सञ्चार अवरोधका कारण यी दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन छ ।

राजधानीमा भएको विस्फोटबारे सरकार र सेनाले प्रतिक्रिया दिएका छैनन् । कूटनीतिक स्रोतका अनुसार व्यावसायिक ड्रोनलाई विस्फोटक पदार्थसहित सैन्य प्रयोजनमा प्रयोग गरिएको हुन सक्ने आशंका छ ।
अफ्रिकी संघले इथियोपिया, इरिट्रिया र इजिप्टबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan