Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काग तिहार र धन्वन्तरी जयन्तीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहौँ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार |

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै काग तिहारले नेपाली संस्कृति, परम्परा र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ।

उहाँले यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराले प्राचीन समयको सञ्चार र विश्वासलाई समेत प्रतिबिम्बित गर्ने बताउनुभएको छ। साथै, परिवारका सदस्यको नाममा यम दीपदान गर्ने परम्पराले यमराजलाई न्याय र धर्मको प्रतीकका रूपमा बुझ्ने सांस्कृतिक मान्यतालाई दर्शाउने उल्लेख गर्नुभएको छ।

त्यस्तै, धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सबैको निरोगी जीवनको कामना गर्नुभएको छ।

भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसको विश्वासिलो र वफादार साथी कुकुरप्रतिको प्रेम तथा कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा व्याख्या गर्नुभएको छ। घरको सुरक्षादेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले पुर्‍याउँदै आएको योगदानको स्मरण गर्दै यस पर्वले सबै जीवप्रतिको सहअस्तित्व र सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले पर्वहरूले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दै आफ्नो सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति!’ लेख्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan