Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सूचीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २२ शुक्रबार |
newsabhiyan

काठमाडौं, २२ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ काइकाइहरू नेपाल स्टक एक्सचेन्ज -नेप्से) मा आज सूचीकृत भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाइहरूको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो ।

कुल १२ करोड ५० लाख इकाइ रहेको यस बन्दमुखी सामूहिक लगानी कोषको प्रतिइकाइ अंकित मूल्य रु. १० तथा कुल कोष आकार रु. १ अर्ब २५ करोड रहेको छ । योजनाको अवधि १० वर्ष रहनेछ ।

योजनाका इकाइहरू २०८३ साल साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन् भने दोस्रो बजारमा कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुनेछ ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।

    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan