प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |
काठमाडौं, २६ साउन । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।
बैठकका एजेन्डाबारे भने प्रधानमन्त्रीको सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
