Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |

काठमाडौँ, २९ साउनः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

    सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan