Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर मुद्दामा १४ लाख जरिवाना ठहर भएका अधिकारी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |

काठमाडौँ, २९ साउनः प्रहरीले बैंकिङ कसुर मुद्दामा रु १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका-५ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका-९ काँडाघारी बस्ने ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    वादी नेपाल सरकार प्रतिवादी अधिकारी भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालत, बबरमहलको फैसलाले दुई दिन कैद र जरिवाना रु १४ लाख ठहर भई फरार रहेकाले निजलाई आज मनोहराबाट पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    निज अधिकारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan