Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |

काठमाडौँ, २९ साउनः दश वटा बैंकिङ कसुर तथा दुई वटा चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँको फैसलाले उक्त मुद्दाहरूमा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवाना र १६ दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर-१० बालकुमारीबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan