Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यक्तिको गोपनीयताको सम्मान गर्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

काठमाडौँ, २९ साउनः पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको गोपनीयतालाई सम्मान गनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगसहित महिला अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूले पत्रकारिता गर्दा व्यक्तिको चरित्रहत्या गर्न नहुने र गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।

    राष्ट्रिय महिला आयोगले महिलाको गोपनीयता, व्यक्तिगत स्वतन्त्रता, प्रतिष्ठा र मर्यादाको संरक्षणलाई संवैधानिक तथा कानुनी अधिकारका रूपमा स्थापित गरिएको उल्लेख गर्दै पत्रकारिता गर्दा त्यस्ता अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राखेको छ । आयोगले महिलासँग सम्बन्धित संवेदनशील विषयमा सामग्री प्रकाशन वा प्रसारण गर्दा सत्यतथ्य, लैङ्गिक संवेदनशीलता र गोपनीयताको संरक्षण अनिवार्य हुनुपर्ने जनाएको छ ।

    महिलाको गोपनीयता भङ्ग तथा चरित्रहत्या गरेको किटानी जाहेरीका आधारमा प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको विषयमा प्रतिक्रिया दिँदै ती संस्थाहरूले त्यस्तो आग्रह गरेका हुन् ।

    महिला पुनःस्थापना केन्द्र (ओरेक) ले घटनासँग सम्बन्धित विषयमा पीडित तथा प्रभावित महिलाहरूको अनुभव र गुनासोसमेतलाई ध्यानमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ । 
    
    नेपालको संविधानको धारा २८ ले प्रत्येक व्यक्तिको ‘व्यक्तिगत गोपनीयता’ को हकलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको उल्लेख गर्दै ओरेकले संविधानको यही मर्मअनुरूप ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ ले नागरिकको व्यक्तिगत जीवन, गोपनीयता, तस्बिर, भिडियोलगायत विषयको संरक्षण गरेको जनाएको छ ।

    महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धान प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिँदै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गर्न माग गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan