Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाड पौडी टोलीको तयारी भारतमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | रासस

काठमाडौँ, २९ साउन : नेपाली पौडी टोलीले आसन्न २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलरुमा गर्ने भएको छ ।

एकमहिने प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि शनिबार भारत प्रस्थान गर्नेछ । खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । २०औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि जापानमा सुरु हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan