Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३१ आइतबार |
newsabhiyan

काठमाडौं, ३१ साउन ।  स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको छ ।

आइतबार राजधानीको संवाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेकोेसमेत आरोप लगाएको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए ।  

निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको घेसपैठ गराई फर्जी मतदान गराएको जिकिर गरे । सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरिएकोले मतपरिणम अवैध भएको भट्टराईको ठहर छ ।

सुनियोजितरुपमा निर्वाचन स्थल अस्वभाविक अण्डरग्राउण्ड अक्सिजनसमेत नपुग्ने पार्किङ स्थलमा राखी भारी मात्रामा सुरक्षाकर्मीबाट दमन गरि गराई आफ्नो पक्षमा परिणाम ल्याइएको भट्टराईले आरोप लगाए ।

 “सुरक्षकर्मीहरुले मञ्चका उम्मेदवराहरुालई लछारपछार गर्ने, अभद्र व्यवहार गर्ने, हुलहुज्जत गराई निर्वाचनमा अशान्ति पैदा गरी उम्मेदवार, पर्यवेक्षक, निर्वाचन प्रतिनिधीहरुलाई निर्वाचन स्थलबाट सामुहीकरुपमा लखेटी, लात्तैलात्ताले हानी, कालो कोट च्याती, कुटपीट गरी निर्वाचन स्थलबाट बाहिर निकाली आफूनिकट मतदातालाई मात्र प्रवेश गराई मतदान अवेरसम्म सञ्चालन गरी निर्वाचन परिणाम घोषणा गरेकोले यसको पूर्णत अवैधानिक छ” भट्टराईले भने ।

पाटन बार एसोसिएसनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्का तर्फबाट अध्यक्ष्य पदका उम्मेदवार अधिवक्ता भेषराज पोखरेलले निर्वाचनमा स्वतन्त्रत, निष्पक्ष, पारदर्शि, वैधानिक तथा कानुन व्यवसायीहरूको सार्वभौम सहभागितामाथि पीपीएलएको निर्देशनमा निर्वाचन समितिले  अवैधानीक कार्य गरेको  आरोप लगाए ।

उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता टिकाराम पोखरेलले निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि गम्भीर प्रश्न खडा गर्दै बारको कोष दुरुपयोग गरी कार्ड नवीकरण गराएको र अन्य व्यक्तिले उक्त कार्ड प्रयोग गरी सयौंको संख्यामा फर्जीमत हालेको आरोप लगाए ।

सहसचिवको उम्मेदवार अधिवक्ता स्वेता कुमारीले स्वतन्त्र र जनविश्वासको जगमा न्यापालिकालाई स्थापित गर्न कानुन व्यवसायीहरुको मतदान गर्न पाउने आधारभूत मानवअधिकार हनन भएको बताइन् ।

मतदान गर्नपाउने निर्वाद अधिकारमाथि राजनीतिक दलको निर्देशनमा पालित संगठनहरु र यसको निर्देशनमा चल्ने निर्वाचन समितिले स्वेच्छाचारी ढंगले निर्वाचन गराएकोे आरोप लगाइन् ।

कार्य समितिका खुल्ला सदस्यका उम्मेदवार अधिवक्ता जुजुकाजी महर्जनले प्राकृतिक न्यायको सिद्धान्त, विधिको शासन विपरित अलोकतान्त्रिक, धाँधलीपूर्ण तरिकाबाट निर्वाचन सम्पन्न भएको दाबी गरे ।

साथै महर्जनले निर्वाचनलाई अमान्य घोषणा गरी सर्वपक्षीय छलफलबाट स्वतन्त्र निर्वाचर्न समिति गठन गरी तत्काल निर्वाचन गर्न माग गरे ।

उच्च अदालत पाटन बारका मतदाता अधिवक्ता त्रिलोक बहादुर चन्द र केन्द्रीय कार्यकारी परिषदका सदस्य अधिवक्ता गोमादेवी कटुवालले विधिको शासन अनुसार निर्वाचान गराउन जोडदार माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan