Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युक्रेनी बसमा रूसी आक्रमण चार जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस/एएफपी)

दक्षिणी युक्रेनको अग्रीणी शहर खेरसनमा एउटा बसमा भएको रूसी ड्रोन आक्रमणमा बुधबार चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ ।
रूसी सेनाले सन् २०२२ मार्च देखि नोभेम्बर सम्म मस्कोको नियन्त्रणमा रहेको सहरमा नियमित रूपमा ड्रोनद्वारा नागरिकलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

    रूसी सैन्य बलले खेरसनको सडकमा ड्रोनद्वारा यात्रा गर्ने बसमा आक्रमण गरेको जनाइएको छ । प्रारम्भिक जानकारी अनुसार आक्रमणमा चार जना नागरिक यात्रुको मृत्यु भएको   कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । आक्रमणमा थप चार जना घाइते भएको बताइएको छ । 

    यस क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले बसका झ्यालहरू टुटेको तस्बिर पोस्ट गर्नु भएको छ । 
    
    युक्रेनले यस महिनाको सुरुमा रूसलाई खेरसनको सडक बजारमा लामोदुरीका एफपिभी ड्रोनद्वारा एक व्यक्तिलाई पछ्याएको आरोप लगाएको थियो ।
सन् २०२२ मा युक्रेनी प्रतिआक्रमणद्वारा सहरबाट भगाएका रूसी सेनाहरू अहिले खेरसन हुँदै बग्ने नीपर नदीको अर्को किनारमा तैनाथ  रहेको जनाइएको छ ।

    सन् २०२६ मा द्वन्द्वमा नागरिकहरूको मृत्युमा वृद्धि भएको  संयुक्त राष्ट्र सङ्घले रिपोर्ट गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan