Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीका एसएसपी लालबाबु गिरी दोषी ठहर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा नेपाल प्रहरीका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले बिहीबार गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

गिरीले बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटनाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको दाबी गर्दै सोही शैक्षिक प्रमाणपत्रका आधारमा विसं २०५२ मा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सइ) पदबाट सेवा प्रवेश गरेको आरोप लागेको थियो।

उनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा प्राविधिक एसएसपीका रूपमा कार्यरत थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरुद्ध गत पुस ८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारको अनुसन्धानका क्रममा गिरीले पेस गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेखित रोल नम्बर ७१८ को अभिलेख बिहार स्कुल अफ इक्जामिनेसन बोर्डमा फेला नपरेको खुलेको थियो।

बोर्डले उक्त रोल नम्बरको अभिलेख आफ्नो कार्यालयमा नरहेको भन्दै अख्तियारलाई पत्र पठाएपछि गिरीविरुद्ध मुद्दा अघि बढाइएको थियो।

विशेष अदालतले प्रमाणपत्रसम्बन्धी आरोप पुष्टि भएको ठहर गर्दै उनलाई दोषी ठहर गरेको हो। अदालतको फैसलासँगै प्रहरी सेवामा प्रवेशका क्रममा पेस गरिएको शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी विवादमा गिरी दोषी ठहर भएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan