Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डोलेश्वरमा मेला सम्पन्न, एक करोड भेटी सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

भक्तपुर, ६ भदौः केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला आज साँझदेखि सम्पन्न भएको छ । गत साउन १ गतेदेखि सुरु भएको सो मेला आज साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गर्नुभएको हो ।

    सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । घोषणा भएको दिन भएकाले आजको दिन मन्दिरका चारैढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
    
    आज बिहानैखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिइ शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको उहाँले बताउनुभयो ।

    मेलाको ३८ दिने अवधिमा करिब रु एक करोड भेटी सङ्कलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेला अवधिभर करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको जानकारी दिँदै उहाँले यस अवधिमा ४० हजारभन्दा बढी भारतीय पर्यटकको आगमन भएको जानकारी दिनुभयो ।
    
    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका डोलेश्वरको विकासमा निरन्तर लाग्दै आएको बताउँदै नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको विकासको केन्द्र बनाउने गरि शिव सर्किटको निर्माण गरिएको तथा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताउनुभयो । मेला अवधिभर मन्दिरमा सन्ध्याकालीन आरती गरिएकाले साँझसमेत दर्शनार्थीको घुइँचो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan