Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वासिङ्टन पोस्टलाई स्तम्भकार पुनर्बहाली गर्न आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस-एएफपी)

वासिङ्टन, ९ भदौ : अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टलाई स्तम्भकार करेन अतियालाई पुनर्बहाली गरी बर्खास्त अवधिको पारिश्रमिक भुक्तानी गर्न मध्यस्थता अधिकारीले आदेश दिएका छन् ।

दक्षिणपन्थी प्रभावशाली व्यक्ति चार्ली किर्कको हत्यापछि सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण अतियालाई बर्खास्त गरिएको थियो ।

मध्यस्थता अधिकारीले सोमबार दिएको निर्णयमा अतियालाई बर्खास्त गर्न वासिङ्टन पोस्टसँग पर्याप्त कारण नरहेको उल्लेख गरेका छने ।

पोस्टले मध्यस्थता प्रक्रियाको सम्मान गर्ने जनाएको छ भने अतियाले निर्णयप्रति खुसी व्यक्त गर्दै आफूलाई ‘सत्य बोलेको’ कारण बर्खास्त गरिएको बताउनुभएको छ ।

अतियाले वासिङ्टन पोस्टमा ११ वर्ष काम गर्नुभएको थियो । किर्कको हत्यापछि उहाँले सामाजिक सञ्जालमा उहाँको मृत्युमा दुःख व्यक्त नगर्ने बताउँदै अश्वेत महिलाबारे किर्कका विगतका विवादास्पद टिप्पणी साझा गर्नुभएको थियो ।

पोस्टले ती अभिव्यक्तिलाई आफ्नो सामाजिक सञ्जाल नीतिको उल्लङ्घन र ‘घोर दुव्र्यवहार’ भन्दै बर्खास्त गरेको थियो ।

मानव अधिकार र स्वतन्त्र अभिव्यक्तिका विषयमा लेख्दै आउनुभएकी अतिया सन् २०१८ मा हत्या हुनुभएका साउदी मूलका अमेरिकी पत्रकार जमाल खशोग्जीलाई वासिङ्टन पोस्टमा लेख्न ल्याउने सम्पादकमध्ये एक हुनुहुन्थ्यो । उहाँको मृत्युपछि खशोग्जीको अन्तिम स्तम्भसमेत प्रकाशित गरिएको थियो ।

सन् २०१३ मा जेफ बेजोसले वासिङ्टन पोस्ट खरिद गरेपछि पत्रिकाको विचार खण्डले व्यक्तिगत स्वतन्त्रता र स्वतन्त्र बजारमा बढी जोड दिने नीति अघि बढाएको थियो ।

अतियाको पुनर्बहालीको निर्णयले अमेरिकी सञ्चारमाध्यममा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय नीति र पत्रकारको सामाजिक सञ्जाल आचरणसम्बन्धी बहसलाई पुनः चर्चामा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan