Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्समा आँधीले ४१ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस-एएफपी)

पोमास (फ्रान्स), ९ भदौ : दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पु¥याउँदा ४१ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

करिब एक हजार जनसङ्ख्या रहेको पोमासमा आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पु¥याएको छ । घटनास्थलमा १२० भन्दा बढी उद्धार तथा आपत्कालीन कर्मचारी परिचालन गरिएको छ । घर भत्किँदा एक गर्भवती घाइते भएको उनका श्रीमान्ले बताएका छन् ।

    आँधीबेहरीसँगै दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा प्रभावित भएका छन् । अधिकारीहरूले आँधीबेहरीको सम्भावनालाई ध्यानमा राख्दै ती क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।

अडे विभागमा भइरहेको भोल्टा ए एस्पाना साइकल दौडको तेस्रो चरण खराब मौसम र असिनाका कारण रद्द गरिएको छ । असिना परेपछि साइकल चालकहरूले सुरक्षित स्थानमा आश्रय लिनुपरेको थियो ।

फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सका अनुसार नजिकैको आर्केट्स–एन–भ्याल गाउँमा हावाको गति प्रतिघण्टा ११७ किलोमिटरसम्म पुगेको थियो ।

यातायातमन्त्री फिलिप टबारोटका अनुसार आँधीका कारण रेल सेवा ढिलो हुनुका साथै सडक बन्द भएका छन् । बोर्दो, मार्सेइ, नाइस र टुलुजलगायत विमानस्थलमा उडान ढिला तथा रद्द भएका छन् । करिब १० गाउँका दुई हजार आठ सय घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।

फ्रान्समा वर्षमा औसत दर्जनौँ आँधी आउने गरेका छन् । यस्ता आँधीको आवृत्ति र तीव्रतामा जलवायु परिवर्तनको प्रभाव कस्तो छ भन्ने विषय भने अझै स्पष्ट नभएको मेटिओ–फ्रान्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan