Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तान–इरान वार्तामा एमओयु पुनःस्थापनामा प्रगति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस/सिन्ह्वा)

इस्लामावाद, ९ भदौ : पाकिस्तान र इरानबीचको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले बताउनुभएको छ ।

उहाँले वार्ताबाट बनेको सकारात्मक वातावरणले क्षेत्रीय तनाव घटाउँदै स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इरानको एकदिने भ्रमणका क्रममा मन्त्री नकवीले पाकिस्तानी सेनाप्रमुख असीम मुनीरसहित इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटमा इरान–अमेरिका द्वन्द्व, मध्यपूर्वमा बढ्दो तनाव र त्यसको समाधानका लागि अघि बढ्न सकिने उपायबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।

वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्न दुवै पक्षले चाल्नुपर्ने आवश्यक कदमलाई समेत प्राथमिकताका साथ छलफल गरिएको उहाँले बताउनुभयो ।

एमओयु पुनःस्थापना भएपछि सम्बन्धित विषयमा देखिएका विवादको समग्र समाधान खोज्न सहज हुने उहाँको भनाइ छ ।

मन्त्री नकवीले दुवै पक्षबीच छलफल भएका विषयमा ‘धेरै रचनात्मक आदानप्रदान’ भएको बताउनुभएको छ ।

उहाँले पछिल्लो वार्ताबाट प्राप्त सकारात्मक गतिले पाकिस्तान र इरानबीचको सहकार्यलाई थप अघि बढाउनुका साथै क्षेत्रीय शान्ति र स्थायित्वका लागि समेत आधार तयार गर्ने आशा व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan