Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १० शनिबार |
newsabhiyan

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ।

गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले नेपालको समसामयिक अवस्था तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध र सहकार्यका विषयमा धारणा राख्नुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागी हुनुभएको थियो।

न्युयोर्क भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह दोहा हुँदै काठमाडौँ फर्किनुभएको हो। उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको छ।

प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागितालगायत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्दैछ। ब्रिफिङमार्फत भ्रमणका क्रममा भएका भेटवार्ता, सहभागिता र उपलब्धिबारे थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan