नारायणी नदीको बहाव बढ्दा सुस्ता–५ डुबानमा, नेपाली सेनाद्धारा स्थानीयको उद्धार
नवलपरासी । निरन्तर वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि नवलपरासीको सुस्ता–५ स्थित थारूटोल डुबानमा परेको छ।
डुबानका कारण जोखिममा परेका स्थानीयवासीको नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
आश्विन १० गते नेपाली सेनाको गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा थारूटोलबाट जोखिममा परेका स्थानीयवासीको उद्धार गरेको हो।
नारायणी नदीमा पानीको बहाव बढेसँगै बस्ती डुबानमा परेपछि उद्धार टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालाको बहाव बढ्न सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
