पूर्वप्रधानन्यायाधीश पक्राउ : अब को ? सञ्चारमन्त्री पत्रकारप्रति किन अनुदार ? नैतिक शिक्षानीति बन्न जरूरी, कम्युनिजममा ब्रेक, तर...
काठमाडौं, १४ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आधा रातमा पक्राउ परे, १० घण्टा थुनामा राखिए, २ घण्टा केरकार भयो र परिवारको जिम्मा लगाइयो ।
राणा पहिलेदेखि नै विचौलिया, उनको न्याय सम्पादनमा पनि प्रश्न र सेटिङमा चल्ने भन्ने आरोपित थिए । सरकारले त्यसै करेकार गरेको होइन तर सरकारले स्पष्ट पारेको छैन ।
मानवाधिकार आयोग र केही नेताले सरकारको व्यहारो निरंकूश भनेर आलोचना गरे । तर, यो पक्राउले हिजोका धेरै शासक, प्रशासकहरू त्रसित छन् । भनिन्छ, यो पक्राउ मानव बेचविखनसँग सम्बन्धित छ ।
सञ्चारमन्त्री पत्रकारप्रति किन अनुदार ?
सञ्चारमन्त्री विक्रम तिमिल्सिना स्वरोजगार पत्रपत्रिकाप्रति साह्रै अनुदार भएका छन् । देशै भरिका पत्रकारहरू आन्दोलनमा छन्, त्यो आन्दोलनको कुरै सुन्दैनन् ।
बाढीपहिरोका पीडितको गाँस बास कपास, उपचारको बन्दोबस्त सरकारले गर्छ भनेर आश्वासन दिने मन्त्री पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन छापेबापत पाउँदै आएको रकम कटौती गर्ने कार्यविधि बनाएर पत्रपत्रिका छिमोल्ने काममा लागेका छन् ।
प्रधानमन्त्री प्रजातन्त्र भनिरहेका छन्, सञ्चारमन्त्री अप्रजातान्त्रिक निर्णय गरिरहेका छन् । सञ्चारमन्त्रीजी, यो त अति भएन र ?
नैतिक शिक्षानीति बन्न जरूरी
सरकार विद्यालय शिक्षा क्षेत्र योजना -एसईएसपी) को बठै कमा व्यस्त छ, शिक्षा नीति, पाठ्यक्रम, अन्य कार्यक्रम निर्माण र कार्यान्वयन पक्षको तर्जुमा प्रक्रियामा जटुेकोछ । एसईएसपीको निर्धारित 'कस्टेड प्रोग्राम' को यो अन्तिम वर्ष हो ।
आगामी वर्ष शिक्षालाई कुन दिशामा अघि बढाउने छलफल जारी छ । यही बैठकमा शिक्षा क्षेत्रको वर्तमान अवस्था, उपलब्धि, समस्या र आगामी आवश्यकताको विश्लेषण हुनेछ र त्यही आधारमा नीति निर्माण हुनेछ ।
शिक्षाविदहरूले भनेका छन्–देशमा भ्रष्टाचार व्याप्त छ, हत्या, लूट, बलात्कारका घटना दिनप्रतिदिन बढेका छन् । ३ महिनादेखि ६० वर्षका बृद्धासम्मको बलात्कार हुने गरेको छ । समाज सभ्यबाट असभ्यतातिर उन्मुख भएको छ ।
यसको मूल कारण नैतिक शिक्षाको कमीले गर्दा हो । नयाँ पुस्तालाई सिकाउनुपर्ने पहिलो शिक्षा भनेकै नैतिक शिक्षा हो, दोस्रो सिपमूलक शिक्षा हो । घोकन्ते शिक्षाले गर्दा युवापुस्ता रोजगारीका लागि विदेशीनु परेको छ । यसतिर ध्यान दिऔं ।
कम्युनिजममा ब्रेक तर...
साम्यवाद कि समाजवाद ? २०४६ सालपछि नेपालमा साम्यवादी कम्युनिजम खुब चम्क्यो । २०६३ सालको परिवर्तनपछि त लामो समय कम्युनिष्ट नामधारीहरूले नेपालको शासन चलाए ।
लोकतन्त्रको नाममा कम्युनिष्टहरू यही समयमा कमाउनिष्ट, कम्युन्यालिस्ट बने । भन्नलाई राजतन्त्र फालियो भने पनि यथार्थमा विदेशी शक्ति र सामलको बलमा अतिवादीको साथ समाजवादी नामधारी कांग्रेस र अन्य दलहरूले दिएकाले त्यो सफल भएको खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।
तर, जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको छाता ओढेर कम्युनिष्ट र कांग्रेसले गरेको लूटतन्त्रलाई रूचाएनन् । जेनजी बिद्रोह भयो, जनताले साथ दिए । अन्तरिम सरकार र चुनाव भयो, जनताले साथ दिए ।
फागुन २१ को चुनावमा जनताले कम्युनिष्टतन्त्रमा बक्रे लगाइदिए । सत्ता परिवर्तन भयो, संविधान परिवर्तन हुनै बाँकी छ । ६ महिना भयो, जनतामा परिवर्तन हुन्छ भन्ने आश छ, जनताले आश मारेका छैनन् ।
कम्युनिष्टलाई रोक्ने हो भने नयाँ सरकारले युद्धस्तरमा राहत,उद्धार, पुननिर्माण, सुशासन र भ्रष्टमाथि कारवाहीको काम गर्नैपर्छ ।
