Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार |

काठमाडौँ, १४ असोजः जापानमा भएको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउने नेपाली राष्ट्रिय महिला कबड्डी टोली आज स्वदेश फर्किएको छ ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप सदस्यहरु सिक्का सुवाल श्रेष्ठ, ललिता नाथ, मोनालिसा खम्बुलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

एसियाडमा समूह ‘बी’ मा रहेको नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनल खेलमा भारतसँग पराजित भएसँगै नेपालले कास्य पदक प्राप्त गरेको थियो । 

सेमिफाइनल खेलमा भारतसँग नेपाल ४८–२४ अङ्कले पराजित भएको हो । त्यसअघि नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । यसअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत नेपाली महिला कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan