बालुवाटारबाट सिंहदरबार प्रस्थान गरे प्रधानमन्त्री बालेन शाह, बिहान ११:३० बजे मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौं ।लप्रधानमन्त्री बालेन शाह बालुवाटारबाट सिंहदरबारतर्फ प्रस्थान गरेका छन्। उनले आज (बुधबार) बिहान ११ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सरकारले पछिल्लो समय विकसित राजनीतिक, प्रशासनिक तथा राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा आवश्यक निर्णय लिन बैठक आह्वान गरेको बताइएको छ।
बैठकमा समसामयिक राष्ट्रिय मुद्दा, विभिन्न मन्त्रालयका प्रस्ताव, प्रशासनिक निर्णय तथा सरकारका प्राथमिकतासम्बन्धी एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा विकसित सुरक्षा अवस्था, प्रशासनिक समन्वय तथा सरकारका नीतिगत निर्णयबारे चासो बढिरहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बैठकबाट हुने निर्णय सार्वजनिक भएपछि सरकारको आगामी कार्यदिशा र प्राथमिकताबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
