सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)
काठमाडौँ, ८ भदौः सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रामबहादुर थापाले यसअघि सदनमा व्यक्त गर्नुभएका असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।
सभामुख अर्यालले आजको बैठकमा छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले नेपालको शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।
