Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीमा परेकाको उद्धारकार्य जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

रसुवा, ११ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीबाट घाइते भएकाहरुको नेपाली सेनासहित सुरक्षा निकायको समन्वयमा उद्धारकार्य जारी रहेको छ ।

बाढी प्रभावित क्षेत्रबाट आज बिहान ५० को उद्धार गरिएको छ ।  उद्धार गरिएकामध्ये एक जनाको निधन भएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।

उद्धारमा नेपाली सेनाको दुई, निजी क्षेत्रको हेली कैलाश, एभरेष्ट, हेली फिस्टेल, प्रभ, सिम्रिक, एल्टिच्युड हेलिकप्टर परिचालित भएका छन् ।

अधिकारीले हालसम्मको विवरणमा २८ नेपाल प्रहरी, दुई नेपाली सेना, १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको बताएका छन् । 

बाढीबाट चिलिमे जलविद्युत् आयोजनामा कार्यरत पाँच जना अझै सुरुङमा फसेका छन् । रसुवागढीमा कार्यरत कति कर्मचारी कार्यरत थिए कति बेपत्ता भन्ने अहिलेसम्म यकीन भएको छैन ।

बाढीबाट बेत्रावती  टिमुरे, मैलुङका घर तथा प्रहरी र स्वास्थ्यको पूर्वाधार तथा सडक पूर्वाधार क्षतिग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan