Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, २५ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभएको छ । 

गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट  संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभएको हो । प्रतिनिधिसभाको  बैठक सुरु हुनासाथ  विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाउनु भएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउचाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको बताउनुभयो । 
    
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद नीता घतानीले मुलुकको सिमानाका सम्बन्धमा बोल्दा गम्भीर हुनुपर्ने बताउँदै प्रधानमन्त्रीबाट राष्ट्रका नाममा हुने सम्बोधन सरकारी सञ्चार माध्यमबाट हुनुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश विश्वकर्माले नेपाल भारत सीमाका सम्बन्धमा सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने धारणा राख्नुभयो । 

सांसद विश्वकर्माले दलित, बधुवा श्रम, दलित भूमिहिन, लघुवित्त पीडितका माग वार्ताका माध्यमबाट  सम्बोधन गर्न  माग गर्नुभयो ।

उहाँले कानुन, न्याय तथा मानवअधिकार समितिले अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्थालाई बोलाउनु कानुन मुताविक नभएको टिप्पणी गर्नुभयो ।श्रम संस्कृति पार्टीका सांसद धु्रवराज राईले देशको सीमा सम्बन्धमा सरकार प्रमुखबाट व्यक्त धारणा स्पष्ट हुनुपर्ने बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सबै धार्मिक संस्थाको दर्ता कानुनअनुसार गर्न र आर्थिक पारदर्शिता अपनाउन अनुरोध गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan