Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | रासस

 दमौली (तनहुँ), २६ साउन : तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

    जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो । 

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी नेतृत्वको टोलीले देवघाट गाउँपालिका–१ मा रहेका १४ जना लाभग्राहीको घरजग्गामा पुगेर उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिएको हो । टोलीमा समितिका पदाधिकारीका साथै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो । 

    कानुनी व्यवस्था अनुसार, गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकको दाबी, विरोध तथा संशोधनका लागि समितिले यसअघि नै सातदिने सार्वजनिक सूचना जारी गरिसकेको थियो ।  समितिका अध्यक्ष तिवारीले स्थलगत अध्ययन सम्पन्न भएकाले अब लाभग्राहीले चाँडै जग्गा प्राप्त गर्ने जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan