Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | राजकुमार पराजुली/रासस
newsabhiyan

काभ्रेपलाञ्चोक, ५ भदौः एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन । आयोजना विसं २०७२ असार महिनामा सम्झौता भई विसं २०७८ मङ्सिरमा सक्ने लक्ष्य थियो । 
 
काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी छ वर्षमा घरघरमा पु¥याउने लक्ष्य राखिए पनि विविध कारणले हालसम्म निर्माण पूरा हुन नसक्दा स्थानीयवासी निरास भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङ प्रविधिको उक्त आयोजना बजेट अभावका कारण पूरा हुन नसकेको राससलाई बताउनुभयो । तोकिएको मितिमै खानेपानी आयोजनाको कामसक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण आयोजनाको काम लम्बिँदै गएको हो । 

“ठकेदार कम्पनीले पनि भुक्तानी नपाएको भन्दै गत वर्ष आयोजनाको काम गरेन”, लामाले भन्नुभयो । तेमाल बृहत् खानेपानी आयोजनाको काम ‘कालिका–सिएबी जेभी’ नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो । 

खानेपानी मन्त्रालयबाट गत आर्थिक वर्षमा करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले निर्माणको काममा आलटाल गरेको लामाको भनाइ छ । 

उहाँका अनुसार भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको हो । 

तेमालको वडा नं ५, २ र ९ मा सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा क्षति पुगेको छ भने मुख्य मुहान क्षेत्रमा पानीको स्रोत संरक्षणको काम भइरहेको छ । 

विसं २०८१ असोजको बाढीपहिरोले आयोजनालाई क्षति पु¥याएपछि अधिकांश स्थानका पाइपलाइन, बिजुलीको ट्रान्सफर्मर तथा खम्बा पुनःनिर्माणको काम बाँकी रहेको छ । 

आयोजनालाई कोरोना, सुनकोसीको बाढीले  मुहानमा क्षति पु¥याउँदा आयोजना करिब एक वर्ष लम्बिएको हो । हाल करिब ९९ प्रतिशत काम सकिएपनि क्षतिग्रस्त संरचना पुनःनिर्माणको चरणमै रहेको लामाले बताउनुभयो । 

उहाँका अनुसार मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पु¥याइसकिएको छ ।

उहाँका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ । 

साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा पानी परीक्षण भइसकेको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब ९०० घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित ११० घरपरिवार समेटिएका छन् । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन निर्माण थालिएको हो । 

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर विछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताउनुभयो । 

याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट २०८१ पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भएपछि थप निर्माणको काम भएको थियो । 

हाल आयोजना सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गर्न आयोजना तथा ठेकेदारले बेवास्ता गरेको स्थानीयको आरोप छ । आयोजना सम्पन्न गर्न अझै रु ४६ करोड लाग्ने अनुमान गरिएको छ । लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदीकिनारमा छ । 

विसं २०८१ असोजको वर्षको बाढीपहिरोले आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो । 

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । 

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना भने बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan