नेटवर्किङको जालो र ठगी धन्दा
काठमाडौं । रुद्रराज नामका एक विद्यार्थीलाई जागिरको प्रलोभन देखाएर भारतको होटलमा बन्धक बनाई नेटवर्किङ व्यवसायमा फसाउन खोजिएको घटना बाहिर आएको छ ।
यस्तो नेटवर्किङ व्यवसाय नेपालमा पूर्णतया प्रतिबन्धित छ र यसमा सदस्य बनाउने र रकम असुल्ने कार्यलाई कानुनले गम्भीर अपराध मानेको छ ।
नेटवर्किङ ठगीबाट बच्नका लागि व्यक्तिगत जानकारी नदिने, शंकास्पद व्यक्तिहरूसँग सम्बन्ध विच्छेद गर्ने र ठगी भएको खण्डमा प्रहरी तथा सम्बन्धित निकायमा उजुरी दिनुपर्छ ।
पोखराको एउटा कलेजमा स्नातकोत्तर पढ्दै गरेका रुद्रराज -काल्पनिक नाम) जागिरको खोजीमा थिए । भविष्यको चिन्ता र आमाबुबाको सपनाले उनलाई सताइरहेको थियो ।
ठिक त्यति नै बेला उनको १२ कक्षा पढ्दाको साथी विवेक -काल्पनिक नाम) ले फेसबुक म्यासेन्जरमा एउटा सन्देश पटाउँछन्, …रुद्र, नेपालमा बसेर केही गर्न सकिन्न । म अहिले भैरहवा नजिकै एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्दै छु ।
मासिक एक–डेढ लाख सजिलै कमाइ हुन्छ । यहाँ अरू पनि काम गर्ने मानिस खोज्दैछन्, तिमीले काम गर्ने भए छिटो आऊ है ।Ú म्यासेज देखेपछि रुद्रले म्यासेन्जरमै विवेकसँग कुरा गर्छन् र सोच्दै नसोची पोखराबाट भैरहवाको टिकट लिन्छन् ।
भैरहवा ओर्लने बित्तिकै विवेक र अर्को एकजना नयाँ मानिसले रुद्रराजलाई रिसिभ गर्छन् । तर, उनीहरूले रुद्रराजलाई कुनै अफिसमा होइन, सीमापारि भारतको एउटा ठुलो होटलको हलमा लैजान्छन् ।
रुद्रराज अलमल पर्नु स्वाभाविक भएपनि रोजगारीको लोभलाग्दो अफरले तिनलाई त्यहाँसम्म सजिलै डो¥याउँछ । हलमा धेरै नेपाली युवा–युवतीहरू थिए ।
स्टेजमा टाई–सुट लगाएको एउटा व्यक्ति ठुलठुलो स्वरमा चिच्याइ–चिच्याइ भाषण दिइरहेको थियो, 'आजको २ लाख भोलिको २ करोड हो । नोकरी गरेर कोही धनी बन्दैनन्, दास बनिन्छ । अब तपाईँहरू मालिक बन्ने हो ।'
विभिन्न व्यक्तिहरू कोही आफूलाई डाक्टर बत्ताउँथे कोही आफूलाई इन्जिनियर बताउँथे । उनीहरू पनि काम राम्रो छ भनी भनिरहेका थिए । रुद्रराजले कुरा बुझिहाले– यो कुनै जागिर होइन, यो त नेटवर्किङ धन्दा हो ।
उनी त्यहाँबाट निस्कन खोजे, तर ढोकामा उभिएका दुई जना बलिया हट्टाकट्टा मानिसले बाहिर जान दिएनन् । साँझ कार्यक्रम सकिनासाथ रुद्रराजलाई छेउको सानो कोठामा लगियो । त्यहाँ विवेक र कम्पनीका दुई जना 'सिनियर लिडर' पनि थिए । उनीहरूको अनुहारमा क्रूरता देखिन्थ्यो ।
'यो व्यवसायमा जोडिन तुरुन्तै २ लाख रुपैयाँ बुझाउनुस् र आउने हप्ताभित्र आफ्ना ३ जना मिल्ने साथीहरूलाई यही बोलाउनुस् ।' उनीहरुले भने । रुद्रराजले 'म यो काम गर्दिन बरु तत्कालै घर फर्कन्छु' भने । तर, विवेकले रुद्रराजको झोला र मोबाइल खोस्यो ।
लिडरले फेरी धम्क्याउँदै भन्यो, 'पैसा नतिरी र ३ जना मान्छे नबोलाई तिमी यहाँबाट जिउँदै जान सक्दैनौ । तिम्रो घर परिवारलाई तिमी कता छौँ भन्ने पनि थाहा हुनेछैन ।' रुद्रराजलाई रातभर भोकै, एउटा अँध्यारो कोठामा बन्धक बनाइयो । उनलाई अनेकौँ प्रलोभन र मानसिक यातना दिइयो ।
नेपालमा नेटवर्किङ व्यवसायलाई कानुनले पूर्णतया बन्देज लगाएको छ । यस्तो ठगी धन्दामा कुनै वस्तु वा सेवाको बिक्री हुँदैन । खासमा एक जना व्यक्तिले २ वा ३ जना सदस्य बनाउनु पर्ने र त्यस्ता सदस्यहरूबाट उठाइएको रकम नै माथिल्लो तहका व्यक्तिहरूले दामासाहीमा बाँडेर लिने गर्छन् ।
उनीहरुले 'बुबालाई फोन गरेर अमेरिकाको भिसा लाग्यो, छिट्टै २ लाख आइएमई गरिदिन भन भने ।' उनीहरूले रुद्रराजलाई बाध्यताको भूमरीमा पारे, रातको तीन बजिसकेको थियो । रुद्रराजले सोचे, 'म डराए भने म जस्तै अरू ३ जना साथी पनि यो दलदलमा फस्छन् ।'
पहरेदारहरू निदाएको मौका छोपी रुद्रराज पिसाब गर्ने बहानाले कोठाबाट बाहिर निस्किए र कसैगरी होटल कम्पाउन्डबाट भाग्न सफल भए । नेपाल प्रहरीले यो कुरा थाहाँ पाउनु साथ भारतीय प्रहरीसँगको समन्वयमा रुद्रराजलाई त्यहीँबाट उद्धार ग¥यो ।
नेटवर्किङ, मानिस बन्धक बनाउनेहरू पक्राउ परे । माथिको कथा काल्पनिक जस्तो लागे पनि वास्तविकतासँग मेल खाने घटना हो । नेपालमा नेटवर्किङ व्यवसायलाई कानुनले पूर्णतया बन्देज लगाएको छ । यस्तो ठगी धन्दामा कुनै वस्तु वा सेवाको बिक्री हुँदैन ।
खासमा एक जना व्यक्तिले २ वा ३ जना सदस्य बनाउनु पर्ने र त्यस्ता सदस्यहरूबाट उठाइएको रकम नै माथिल्लो तहका व्यक्तिहरूले दामासाहीमा बाँडेर लिने गर्छन् । कसरी फसाइन्छ त नेटवर्किङमा ? बढ्दो बेरोजगारी र महँगीका कारण धरै युवाहरू आकर्षक रोजगारीको लोभमा पर्छन् ।
सस्तोमा सामान पाउने, विदेश भ्रमण गर्न पाइने, देश–विदेशका फाइभ स्टार होटेलहरुमा सेमिनारमा जान पाइने लगायतका प्रलोभन देखाएर यसमा संगठित गर्ने गरिन्छ । तर यसमा लाग्नका लागि पहिले नै मोटो रकम असुल्ने गरिन्छ ।
नेटवर्किङ धन्दा वा पिरामिड ठगीमा मानिसहरूलाई फसाउनका लागि ठगहरूले चलाखीपूर्ण र मनोवैज्ञानिक विधिको प्रयोग गर्छन् । ठगहरूले निम्न विधिको प्रयोग गर्छन् । पहिलो, मेहनत नगरी धनी बन्ने सपना देखाइन्छ ।
दोस्रो, आरामदायक जीवनशैलीको प्रदर्शन गरेर मानिसलाई ठगी पासोमा पारिन्छ । तेस्रो, बहुराष्ट्रिय कम्पनीमा जागिर लगाई दिने प्रलोभन दिइन्छ । चौथो, उनीहरुले गरेको सबै काम सक्कली हो भन्ने दर्साउनका लागि नक्कली अन्तर्वार्ता लिइएको स्वाङ रचिन्छ ।
पाँचौँ, एउटा निश्चित लक्ष्य देखाएर त्यहाँ पुगेमा शेयरको अंशियार बन्न पाउने बाचा गरिन्छ । छैटौँ, कमिसनको थोरै पैसा दिइन्छ र धेरै रकम आफैले कुम्ल्याउने गरिन्छ । सातौँ, नाता सम्बन्धलाई प्रयोग गरेर ठगीको जालोलाई विस्तार गरिन्छ ।
यति गर्दागर्दै कसैले रुद्रराजलेझै त्यहाँबाट निस्कन चाहेमा शारीरिक र मनोवैज्ञानिक दबाब दिइन्छ । नेटवर्किङ शोषणको चक्र गैरकानुनी नेटवर्किङले एउटा निश्चित चक्रमा काम गर्छ । यसको मुख्य उद्देश्य नयाँ व्यक्तिबाट पैसा उठाउनु र उनीहरूलाई यो जालोमा फसाउनु नै हुन्छ ।
यसको चक्रमा सबै भन्दा पहिले सम्पर्क स्थापित गरी प्रलोभनमा पार्ने । त्यसपछि टाढा बोलाएर तत्तत् व्यक्तिको सम्पर्क विच्छेद गर्ने । त्यसपछि तालिमका नाममा मानसिक दबाब दिने र उज्वल भविष्यको सपना देखाउने गरिन्छ ।
त्यसपछि लगानी र सदस्यताका नाममा बलजफती रकम असुली गर्ने गरिन्छ । यस चक्रमा चिनेजानेका साथी–भाइ, नातेदारहरूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरिन्छ ।
कब्जामा राख्नका लागि प्रायः भारतीय सीमावर्ती सहरहरूमा बोलाइन्छ र त्यहाँ पुग्नासाथ मोबाइल खोस्ने, एक्लै हिँड्न नदिने र कडा निगरानीमा राख्ने काम गरिन्छ । नेटवर्किङ धन्दाका ठगहरूले नयाँ–नयाँ मानिसलाई फसाउनका लागि पैसा कमाउने त्यस्तो काल्पनिक र जादुई कथा बुन्छन्, मानौँ त्यो साकार भएमा जीवन नै सफल हुन्छ ।
र, यसलाई वास्तविक जस्तो देखाउन सेमिनारका नाममा टाई–सुट लगाएका मानिसलाई स्टेजमा उतारिन्छ । उनीहरू नाटकमा जस्तै अभिनय गर्दै भन्छन्, 'म पहिले सडकमा कवाडी उठाउँथेँ । भोकभोकै हिँड्थेँ । जब यो कम्पनीको काममा लागेँ, पजेरो चढ्ने भएँ । काठमाडौँमा आफ्नै घर लिएँ ।
खातामा लाखौँ रुपैयाँ जम्मा भएको मोबाइलमा नक्कली बैंक स्टेटमेन्ट देखाउँछन् । यस्तोमा अवकासप्राप्त समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी हुन सक्छन् । अनि गठहरूले उनीहरूलाई नै देखाएर आफ्नो ठगी व्यवसायलाई फैलाउन यत्न गरिरहेका हुन्छन् ।
तर, यस्तो धन्धाबारे प्रहरीले अनुसन्धान गर्न थालेमा वा पक्राउ गर्न थालेमा उनीहरू देखाउने अफिस समेत छोडेर कुलेलाम ठोक्छन् । के नेटवर्किङ कारोबार वैध हो त ? नेटवर्किङ व्यवसाय एउटा ठगी धन्दा हो । नेपालमा यस प्रकारको 'पिरामिड' मा आधारित नेटवर्किङ व्यवसायलाई कानुनद्वारा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
यसमा कुनै वास्तविक वस्तु वा सेवाको बिक्री हुँदैन । एक जनाले २ वा ३ जना सदस्य थप्नुपर्ने र ती सदस्यहरूबाट उठाएको रकम माथिल्लो तहका व्यक्तिहरूले बाँडेर लिने गरिन्छ । भारत सरकारले यस प्रकारका ठगी धन्दाहरूलाई रोक्नका लागि अत्यन्तै कडा कानुनी व्यवस्था गरेको छ ।
भारतको कानुनी व्यवस्थामा भारतको उपभोक्ता संरक्षण नियम २०२१ ले कुनै पनि प्रकारको पिरामिड स्किम वा मनी सर्कुलेशन कारोबार चलाउन, त्यसमा मानिसहरूलाई आबद्ध गराउन, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रचार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपालको 'वस्तुको प्रत्यक्ष बिक्री ऐन, २०७४' को दफा ११ ले पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।
मुलुकी अपराध संहिता २०७४ः मा जबरजस्ती रकम असुल्ने र ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ भने मानिसलाई बन्धक बनाउने कार्य आफैमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २ को परिच्छेद १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी विषय आकर्षित हुने कसुर हो ।
त्यसैले नेपालमा यो पिरामिड नेटवर्किङ धन्दा पूर्ण रूपमा गैरकानुनी र प्रतिबन्धित छ । भारत सरकारले यस प्रकारका ठगी धन्दाहरूलाई रोक्नका लागि अत्यन्तै कडा कानुनी व्यवस्था गरेको छ ।
भारतको कानुनी व्यवस्थामा भारतको उपभोक्ता संरक्षण नियम २०२१ ले कुनै पनि प्रकारको पिरामिड स्किम वा मनी सर्कुलेशन कारोबार चलाउन, त्यसमा मानिसहरूलाई आबद्ध गराउन, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रचार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।
इनामी चिट र धन परिचालन योजना ऐन, १९७८ अनुसार केवल सदस्य थपेकै भरमा र पैसाको चक्र बनाएर रकम असुल्ने कार्यलाई ठुलो अपराध मानिन्छ । र, संलग्नहरूलाई जेल सजाय र जरिवानाको समेत व्यवस्था गरेको छ ।
नेपाली युवाहरूलाई झुक्क्याएर भारतका सीमावर्ती सहर वा होटलहरूमा लैजाने र बन्धक बनाएर पैसा असुल्ने कार्य भारत र नेपाल दुवै देशको कानुन अनुसार गम्भीर फौजदारी अपराध हो ।
नेटवर्किङ ठगीबाट कसरी जोगिने ? कुनै व्यक्तिले नेटवर्किङमा फसाउन खोजिरहेको छ अथवा कतै पैसा बुझाइ सक्नु भएको छ भने तपाईँ बिना कुनै डर तुरुन्तै निम्न कदम चाल्नुपर्छ ।
पहिलो, नेटवर्किङमा फसाउन खोजिरहेको व्यक्तिसँग सम्बन्ध विच्छेद गर्नुस् । उनीहरूले तपाईंको नागरिकताको, राहदानीको प्रतिलिपि वा बैंक एकाउन्टको विवरण आदि माग्न सक्छन् । झुक्किएर पनि आफ्नो व्यक्तिगत जानकारी र दस्ताबेजहरू कसैलाई नदिनुस् । स्याङ्जा बुलेटिनका साथमा ।
