Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हत्या गरेको अभियोगमा एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिका-१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार किशोर र २० वर्षीय प्रमित पटेलले आज बिहान कुटपिट गरी तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । कालाथोकीको कुटपिटका कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट प्रहरी खटिएको थियो । 

    पाँच जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनापछि फरार रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan