Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

म्याग्दी, ५ भदौः मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । 

भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार गरगहना सफा गरिदिने बाहनामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan