Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हत्या गरेको अभियोगमा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका-१० शंखमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टलमा बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही होस्टलमा १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले शुक्रबार बिहान कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोभन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धानको लागि ५ जनालाई नियन्त्रणमा लिई हाल फरार प्रमितको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan