Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

काठमाडौँ, ५ भदौः सर्लाहीको मलङ्गवा नगरपालिका-८ स्थित सडकमा ज१त ५२४६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री गोडैता नगरपालिका-५ बस्ने २३ वर्षीया गुरीया कुमारीको आज मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गुरीयाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ ।  

    त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१ आन्दोलन चोकस्थित सडकमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना५ख २३६० नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री कपिलवस्तु-२ बर्गदवा बस्ने २२ वर्षीया निशा गद्दीको आज दिउँसो मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते हुनुभएकी निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan