Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस/एएफपी)

भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीद्वारा लेखिएका नोटहरूको सङ्ग्रह मुम्बईमा एक करोड ७० लाख डलरमा बिक्री भएका छन् । यो भारतीय ऐतिहासिक दस्तावेजका लागि तिरिएको हालसम्मको सबैभन्दा उच्च मूल्य हो।

मुम्बईस्थित लिलामी कम्पनी ‘साफ्रोन आर्ट’ ले यो सङ्ग्रह गान्धीका नजिकका सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिङ्गरानीको परिवारद्वारा संरक्षित गरिएको बताएको छ ।

यी ६८८ नोटहरू हिङ्गोरानीकी पत्नी विद्याको निधनपछि गान्धीले हिङ्गोरानीलाई सान्त्वना दिनका लागि लेख्नुभएको थियो । तिनलाई ‘अ थट फर द डे’ नामक पुस्तकमा सङ्कलित गरिएको थियो।

सन् १९४४ देखि सन् १९४६ सम्म गान्धीद्वारा लेखिएका हस्तलिखित यी सन्देशहरूले सत्य, ईश्वर र अहिंसालगायतका विभिन्न विषयहरू समेटेका छन् ।

“ह थट फर द डे’ एक करोड ७० लाख डलरमा बिक्री भएको छ । यो लिलामीमा बिक्री भएको भारतीय ऐतिहासिक दस्तावेजका लागि तिरिएको अहिलेसम्मको विश्व रेकर्ड हो,” साफ्रोनआर्टले बिहीबार जारी वक्तव्यमा भनेको छ । 

यी नोटहरू ‘गान्धीः आनन्द टी. हिङ्गोरानीको सङ्ग्रह’ मा मुख्य आकर्षण थिए ।

यो समूहका अन्य वस्तुहरूमा गान्धीको ‘पोर्टेबल (सजिलै यताउता हिडाउन सकिने)’ चर्खा र चर्खा कात्ने तरिकासम्बन्धी नोटहरू समावेश थिए ।

“यो सङ्ग्रहलाई विशेष रूपमा आकर्षक बनाउने कुरा भारतको इतिहासका सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वलाई नजिकको व्यक्तिगत सम्बन्धको दृष्टिकोणबाट हेर्ने अवसर हो,” साफ्रोनआर्टका सह–संस्थापक दिनेश वाजिरानीले जारी वक्तव्यमा भन्नुभएको छ । 

“यो बिक्रीले ‘गान्धीको जीवन र विरासतप्रतिको स्थायी रुचि तथा भारतको स्वतन्त्रता आन्दोलनका परिभाषित व्यक्तित्वहरूमध्ये एकसँग जोडिने प्राथमिक स्रोत सामग्रीको विशेष आकर्षण’ लाई रेखाङ्कित गर्दछ,” कम्पनीले भनेको छ । 

भारतको इतिहासका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमध्ये एक गान्धीले बेलायती शासनविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गर्नुभएको थियो र उहाँको आन्दोलनले विश्वभर यस्तै प्रतिरोध अभियानहरूलाई प्रेरित गरेको थियो ।

उहाँको सन् १९४८ जनवरीमा हत्या गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan