Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

काठमाडौं, ५ भदौ सर्लाही, मलंगवा नगरपालिका-८ स्थित सडकमा ज.१ त ५२४६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री गोडैता नगरपालिका-५ बस्ने २३ वर्षीया गुरीया कुमारीको शुक्रबार बिहान मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । 

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ आन्दोलन चोकस्थित सडकमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकको ठक्करबाटसाइकलयात्री सोही नगरपालिका-२ बर्गदवा बस्ने २२ वर्षीया निशा गद्दीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan